बढ्यो सुनचाँदीको भाउ

पोखरा । गत शुक्रबारदेखि एकैपटक सोमबार खुलेको बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ । आज सुनको मूल्य प्रतितोला एक लाख २६ हजार सात सय रुपैयाँ कायम भएको हो ।

सोमबार नेपाली बजारमा छापावाला सुन प्रतितोला एक लाख २६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेकोमा समान तेजाबी सुनको मूल्य पनि दुई सय रुपैयाँले नै बढ्दै एक लाख २६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यता, चाँदीको मूल्य भने गत शुक्रबारको मूल्यमा १५ रुपैयाँले बढ्दै प्रतितोला एक हजार पाँच सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो शुक्रबार चाँदी प्रतितोला एक हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button