आज पोखराससहित धेरै ठाउँमा वर्षा हुने

पोखरा । गण्डकी प्रदेशको राजधानी शहर पोखराका केही स्थानमा हल्का वर्षा भइरहेको छ । साथै आज पोखराससहित देशका धेरै ठाउँमा हल्का वर्षा हुने पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले नेपालमा स्थानीय वायुको प्रभाव रहेकाले देशभर बदली र केही ठाउँमा वर्षा भएको हो । गण्डकी र बाग्मती प्रदेशको पहाडी भेगका थोरै ठाउँमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो गण्डकी, कोशी, बाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका थोरै ठाउँमा तथा बाँकी प्रदेशका एक, दुईं ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

यस्तै, उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना छ । राति पनि पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button