मुक्तिनाथ नजिकै सेल्फी डाँडामा मोटोखाना रेस

पोखरा । ट्रान्स हिमालय एड्भेन्चर अन्तर्गत मुक्तिनाथ नजिकै सेल्फी डाँडामा तीन हजार ५० मिटरमा मोटोखाना रेस सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसनमा आवद्ध क्लबमा यो सम्भवतः सबैभन्दा उच्चाईमा भएको रेस हो ।

ट्रान्स हिमालय एड्भेन्चर अर्थात मोटरसाइकल टुरिङ र रेसिङ गरिरहेका बाइक राइडरको टोली बुधबार मुस्ताङको मुक्तिनाथ पुगेको छ । गत सोमबार काठमाडौंबाट प्रस्थान गरेका राइडरको टोली पोखरा, बेनी हुँदै मुक्तिनाथ पुगेका हुन् ।

मुक्तिनाथ नजिकै सेल्फी डाँडामा राइडरका बिच ट्रेल बाइक रेस प्रतियोगितासमेत आयोजना गरियो । यसैगरी सेल्फी च्यालेञ्ज तथा सेफ राइडिङ र ट्यालेन्ट हन्टसम्बन्धी विभिन्न क्रियाकलापसमेत आयोजना गरिएको छ ।

करिब तीन हजार मिटर उचाईमा भएको प्रतियोगिताका विजेतालाई पोखरामा आयोजना हुने कार्यक्रममा नेपाल अटोमोबाइल्स एसोसिएसन, मोटरसाइक्लिङ कमिसनका संयोजक अनिल बराल, गण्डकी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठ र मार्सल कमिसनका सचिव आशिष रौनियारबाट पुरस्कृत गरिने छ ।

अब राइडरहरु फेरि जोमसोम, बेनी, कुश्मा हुँदै पोखरा फर्किने छन् । पोखरामा आयोजना हुने मोटो इन्डुरो च्याम्पियनसिपमा आएर राइड समापन हुनेछ ।

राष्ट्रिय खेलकुद परिषदले साहसिक खेलकुदमार्फत दिगो पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले साहसिक खेललाई प्रवर्द्धन गर्दै आइरहेको सन्दर्भमा यस्ता गतिविधिले सरकारको दिगो लक्ष्य हासिल गर्न सघाउ पुर्‍याउने छ ।

सो राइडिङमा काठमाडौंबाट आएका राइडरका साथै केही राइडर पोखराबाट समेत थप भएका थिए । यसमा भारतबाट समेत केही राइडर सहभागी भएका छन् ।

राइडरहरु एड्भेन्चर स्पोर्टस, टू ह्वील टुरिङ र सेफटी राइडिङसम्बन्धी लाइभ स्ट्रिम, फोटोकथा, सेल्फी तथा भिडियो कन्टेस्ट, आर्टिकलसिपमा सहभागी भएका छन् र विजेतालाई पुरस्कृत गरिने बताइएको छ ।

माउन्टेन स्पोर्ट्स फेस्टिभल अन्तर्गत दिगो पर्यटनका लागि टू ह्वील टुरिङलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ साहसिक खेलकुदको रुपमा समेत यसलाई लिइएको छ । सेफ्टी राइडिङको सन्देशसमेत फैलाउन सहयोग पुग्ने गरी राइडअन्तर्गत अन्य विभिन्न कार्यक्रमसमेत आयोजना गरिएको छ ।

राष्ट्रिय खेलकद परिषद् र अन्तर्राष्ट्रिय मोटरसाइकल फेडरेसनको सहयोग तथा गण्डकी अटोमोबाइल्स एसोसिएसनको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button