पोखरा । पोखरा महानगरपालिका वडा नं. ३ नदीपुरस्थित न्यु ग्यालेक्सी माविले कक्षा १२ का विद्यार्थीको बिदाई गरेको छ । विद्यालयले शुक्रबार एक कार्यक्रम आयोजना गरी कक्षा १२ मा म्यानेजमेन्ट, टुरिजम एण्ड होटल म्यानेजमेन्ट र विज्ञान संकायमा अध्ययनरत २ सय २८ जना विद्यार्थीलाई बिदाई गरेको हो ।
बिदाई भएका विद्यार्थीको सम्मानमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीले विभिन्न नृत्य र गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्राचार्य डा. रामजी शर्माले आफ्नो भविष्य सोच्ने बेलामा विद्यार्थीहरु आइपुगेको भन्दै आफूलाई सुहाउने र मन पर्ने विषय रोजेर उच्च शिक्षा हासिल गर्न आग्रह गरे । उच्च शिक्षाका लागि निकै कडा मेहनत गरेर आफ्नो भविष्य उज्ज्वल बनाउनुपर्नेमा उनले जोड दिए ।
प्राचार्य शर्माले भने, ‘आफ्नो भविष्य बनाउने काम आफ्नै हो, अरुले बनाइदिएर बन्दैन । जहाँ गएर जे गरेपनि कडा मेहनतका साथ गर्न आवश्यक हुन्छ ।’
विद्यालय निर्देशक राजु कायस्थले बिदाई हुँदै गरेका विद्यार्थीको उच्च शैक्षिक यात्रा र उज्ज्वल भविष्यको कामना गरे ।
शिक्षक सन्दिप पौडेलले ज्ञान बिनाको जीवन व्यर्थ हुने भन्दै विद्यालयमा सिकेका र पढेका कुरालाई व्यवहारमा उतार्न आग्रह गरे । उनले आफूले सिकेका सीप समाज रुपान्तरणका लागि पनि उपयोग गर्नुपर्नेमा जोड दिए ।
कक्षा १२ का विद्यार्थी मन्दिप क्षत्रीले आफूहरु जहाँ पुगेपनि आफ्ना गुरुहरु र विद्यालयलाई कदापि भुल्न नभुल्ने बताए ।
विद्यालयकी संरक्षक लक्ष्मीमाया कायस्थको अध्यक्षतामा भएको कार्यक्रमा कक्षा ११ की सुहाना तामाङले स्वागत, विद्यार्थी संयोजक धनप्रसाद श्रेष्ठ, विद्यार्थीद्वय तिर्सना कार्की र शोनिका पोखरेलले सञ्चालन का साथै शिक्षिक विष्णु थापाले कविता प्रस्तुत गरेकी थिइन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution