राष्ट्रपति पौडेल तनहुँमा

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेल विभिन्न कार्यक्रममा सहभागी हुन आज तनहुँ आइपुगेका छन् ।

तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासनिक भवन र व्यास नगरपालिका-११ तनहुँसुरमा निर्माण भएको खड्ककालिका मन्दिरको उद्घाटनका लागि राष्ट्रपति पौडेल तनहुँ आएका हुन् ।

राष्ट्रपति पौडेल पहिला तनहुँसुरस्थित मन्दिर उद्घाटन कार्यक्रममा सहभागी हुने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

खड्ककालिका मन्दिर उद्घाटनपश्चात् पौडेल म्याग्देको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा सहभागी हुने गौतमले बताए ।

व्यास नगरपालिका-११ स्थित ऐतिहासिक तनहुँसुरमा रहेको खड्गकालिका मन्दिर पुरातत्व विभागको सहयोगमा पुनर्निर्माण गरिएको हो ।

पुरातत्व विभागको आर्थिक सहयोगमा विसं २०७८ चैतदेखि पुनर्निर्माण सुरु भएको थियो ।

सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले शासन गरेको तनहुँसुरमा जीर्ण अवस्थामा रहेको खड्गकालिका मन्दिर रु ५० लाखको लागतमा पुनर्निर्माण गरिएको हो ।

हालसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको गाउँपालिकाले आफ्नै भवन निर्माण गरेको हो ।

म्याग्दे गाउँपालिका-४ नारिङ्गेमा रु छ करोडको लागतमा भवन निर्माण गरिएको हो । उक्त भवन निर्माणको काम विसं २०७७ असोजदेखि सुरु भएको थियो ।

जिल्ला समन्वय समिति तनहुँको कोषमार्फत् प्राप्त भएको रकम र आन्तरिक स्रोतबाट भवन निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button