पोखरा महानगरका इन्जिनियर शिवराज बराल पनि पक्राउ

पोखरा । पोखरा महानगरपालिकाका घरनक्सा शाखाका इन्जिनियर शिवराज बराललाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले पक्राउ गरेको छ ।

घर निर्माण सम्पन्नको प्रमाणपत्र दिनेक्रममा घुस लिएको आरोपमा उनलाई मंगलबार साँझ पक्राउ गरिएको हो ।

गत चैत २८ गते पक्राउ परेका सबइन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरीङका सुरज कुँवरमाथि अनुसन्धान गर्नेक्रममा बराल पनि जोडिएको पाइएपछि पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ ।

उनीहरु एक लाख ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका थिए । उनीहरुले एउटै काममा पटकपटक घुस लिएको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button