बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा तीन युवकको मृत्यु

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी-झिलझिले खण्डमा बोलेरो जीपले र मोटरसाइकललाई ठक्कर दिँदा कमल गाउँपालिका-४ का तीन युवकको मृत्यु भएको छ ।
बोलेरो जीपले ठक्कर दिँदा मोटरसाइकलमा सवार २६ वर्षीय मौसम राई, २५ वर्षीय युनिस भण्डारी र १७ वर्षीय सरोज रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृत्यु भएका तीनै जना कमल गाउँपालिका-४ अमलडाँगीका भएको कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताए ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १-००१-००१ च ९३२९ नम्बरको बोलेरो जीपले तीनजना सवार विपरीत दिशातर्फ गइरहेको मे३प ५००१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका तीनैजनालाई विएण्डसी अस्पताल विर्तामोडमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।
जिप चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएर अनुसन्धान प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button