लेखनाथ । पोखरा महानगरपालिका वडा नं. २९ स्थित दीपशिखा सामुदायिक पुस्तकालयले ‘विद्यार्थीसँग न्यायिक समिति’ विषयक कानूनी प्रशिक्षण आयोजना गर्यो ।
सो अवसरमा सहभागी पोखरा महानगरपालिका न्यायिक समिति संयोजक एवं उपमेयर मञ्जुदेवी गुरुङले विद्यार्थी कानूनका कुरामा सचेत हुनुपर्ने बताइन् । उनले न्यायिक कुरामा विशेषगरी छात्रा अझै बढी सचेत हुनुपर्नेमा जोड दिइन् ।
महानगर कार्यपालिका सदस्य निर्मला पौडेलले महानगरका विद्यालय र क्याम्पसमा न्यायिक समितिबारे जानकारी गराउने उद्देश्यले प्रशिक्षण गर्दै आएको बताइन् ।
न्यायिक समिति सदस्य कालिदास पोखरेलले महानगर न्यायिक समितिको संवैधानिक व्यवस्था, गठन प्रक्रिया र अधिकार क्षेत्रबारे विद्यार्थीलाई जानकारी गराउन कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।
जनप्रकाश माविका अध्यक्ष बाबुराम सुवेदीले महानगर न्यायिक समितिको सहयोगमा विद्यार्थीलाई सचेतना जगाउन र स्थानीय विवाद समाधान गर्न प्रभावकारी बन्ने दावी गरे ।
पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन कार्यालय प्रमुख धनु पहारीले गरेकी थिइन् । कार्यक्रममा एकसय बढी विद्यार्थी सहभागी थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution