नेपालमा थप एकजना कोरोना संक्रमित भेटिएको सरकारद्वारा पुष्टि

काठमाडौं । काठमाडौंमा कोरोना संक्रमित भेटिएको सोमबार सरकारले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले विदेशबाट फर्केका एक नेपाली नागरिकमा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् । फ्रान्सबाट फर्किएकी एक १९ बर्षीया युवतीमा कोरोना संक्रमण भेटिएको हो ।

नेपालमा कोरोना संक्रमण देखिएको यो दोस्रो घटना हो । यस अघि चीनको वुहानबाट फर्किएका व्यक्तिमा पनि सङ्क्रमण  देखिएको थियो। संक्रमण देखिएका नागरिक उपचार पश्चात् घर फर्किसकेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button