३ दिन देखि वेपत्ता आमाछोरी सेती नदीमा मृत फेला

पोखरा । तनहुँमा ३ दिनदेखि हराइरहेका आमाछोरी मृत अवस्थामा फेला परेका छन् ।

तनहुँ ब्यास नगरपालिका- १ भादगाँउकी अन्दाजी ३४/३५ बर्षीया रबिता श्रेष्ठ र उनकी अन्दाजी ११/१२ बर्षीया छोरी  प्रिया श्रेष्ठको शव पानीमा तैरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

शनिबार बिहान ११ बजे  बालिका प्रिया रिसिङ गाउँपालिका-१ कोयिदिन घाट स्थित सेति नदीमा तथा ११:३० बजे ऋसिङ गाउँपालि -३ को मास्ती घाटस्थित सेती नदीमा बालिकाकी आमा रबिता मृत फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका  प्रहरी नायव उपरीक्षक राजेन्द्र बावु रेग्मीले जानकारी दिए ।

प्रहरीका अनुसार  उनीहरु वैशाख १० गतेदेखि सम्पर्कविहिन भएका थिए । मृतक महिलाका श्रीमान हरीकृष्ण श्रेष्ठ (बालिकाको बुवा ) कामको शिलशिलामा भारत तर्फ गएको बताइएको छ ।

घटनाका बारेमा  अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button