पोखराका व्यक्तिमा कोरोना पुष्टि सँगै कन्ट्याक्ट ट्रेसिङ शुरु, ५५ जना सम्पर्कमा

पोखरा । पोखराबाट तीन दिन अघि उपचारका लागि काठमाण्डौ लगिएका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि अहिले पोखरामा कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको छ ।

काठमाण्डौको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत पोखरा -८ आलुमाइला चोकका ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएसँगै स्वास्थ्य निर्देशनालय गण्डकीको पहलमा कन्ट्याक्ट ट्रेसिङ गर्न शुरु गरिएको हो ।

जेठ २० गते आफ्नै कोठामा बेहोस अवस्थामा भेटिएका उनलाई पोखराको गण्डकी मेडिकलमा उपचार पश्चात सोहि दिन काठमाण्डौ लगिएको थियो ।

उनमा शुक्रबार दिउसो कोरोना पुष्टि भएसँगै उनलाई अस्पतालमा भेट्न जाने व्याक्तिहरु , उपचारमा संलग्न चिकित्सक तथा उनको निवासमा भेटघाटमा  रहेका व्यक्तिहरुलाइ सम्पर्क गर्न थालिएको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्माले पोखरा न्यूजलाई बताए ।

“हामीले यहाका सरोकारवाला निकाय सँग समन्वय गरेर संक्रमित व्यक्तिको सम्पर्कमा रहेकाहरुलाई  खोजि गरिरहेका छौ , अहिलेसम्म ५५ जना सम्पर्कमा आउनुभएको छ”, शर्माले भने  । पोखरामा अहिले  कन्ट्याक्ट ट्रेसिङको कार्यलाइ तिब्र पारिएको जनाउदै उनले संक्रमितको सम्पर्कमा रहेकाहरुलाई क्वारेन्टिनमा राख्ने र स्वाव संकलन गर्नेबारे छलफल भइरहेको जनाए ।

सम्पर्कमा आएकाहरुलाई  सचेत भएर अलग्गै रहन भनिएको छ ।

यो पनि पढ्नुहोस : पोखराबाट ३ दिन अघि काठमाण्डौ लगिएका व्यक्तिमा कोरोना पुष्टि

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button