पोखरा । म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।
मङ्गलबार राती म्याग्दीको बेनी नगरपालिका-४ बरन्जाबाट सदरमुकाम बेनी आउँदै गरेको ट्याक्टर खस्दा सोही ट्याक्टर चालक रेशम दर्जीको मृत्यु भएको हो ।
ना ७ त ४०४६ नम्बरको खाली ट्याक्टर सडकबाट ३० मिटर तल खस्दा बेनी नगरपालिका-५ पुल्लाचौर घर भएका २३ वर्षीय दर्जीको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले उल्लेख गरेको छ ।