पोखरा । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको छ ।
अब मास्क नलगाई हिँड्ने र सामाजिक दुरी कायम नगर्नेलाई पक्राउ गरेर संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने भएको हो । सोमबार दिउँसो गृह मन्त्रालयले परिपत्र नै जारी गर्दै प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।
पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएसँगै यस्तो नियम ल्याइएको हो ।