ब्राजिलमा २४ घन्टामा ५२ हजार बढी कोरोना सङ्क्रमित थपिए

पोखरा । ब्राजिलमा पछिल्लो २४ घन्टामा ५२ हजारभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ब्राजिलमा २४ घन्टा यता मात्र करिब ५२ हजार ३ सय ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।

योसँगै सङ्क्रमितको संख्या कम्तीमा पनि २६ लाख पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अधिकारीहरुले जनाएअनुसार यहाँ सङ्क्रमितको पछिल्लो संख्या २६ लाख ६६ हजारभन्दा बढी पुगेको छ ।

गएको २४ घन्टामा १ हजार २ सय १२ जनाको कोरोना भाइरसका कारण निधन भएको छ । शुक्रबार दिइएको जानकारीअनुसार ९२ हजार भन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

९२ हजार ५ सय ६८ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका बताइएको छ । तर पछिल्लो समयमा सङ्क्रमितको संख्यामा भने केही कमी आएको छ ।

गत बिहीबारको परीक्षणको तुलनामा संक्रमित घटेका हुन् । बिहीबार ६९ हजारभन्दा बढी सङ्क्रमित देखिएकोमा शुक्रबार यो संख्यामा कमी आएको हो ।

ब्राजिल अमेरिकापछि सबैभन्दा बढी कोरोना प्रभावित देश हो ।  अझै ठूलो संख्यामा नागरिक सङ्क्रमित भएको आशंका गरिएको छ । तर पनि परीक्षणको संख्या बढाउनुपर्ने उनीहरुको भनाई छ ।

यसै कारणले पनि ठूलो संख्यामा संख्यामा फैलिएको बताउने गरिएको छ । ब्राजिलमा दैनिक ५० हजारभन्दा बढी मानिस सङ्क्रमित हुने गरेका छन् ।

स्वास्थ्य मन्त्रालयलका अनुसार १८ लाखभन्दा बढी मानिस भने निको भएर घर फर्किएका बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button