एक तोला सुनको मूल्य पुग्यो १ लाख १ हजार ४ सय !

काठमाडौं। कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज अप्रत्याशित रुपमा बढेको छ ।

मङ्गलबार प्रतितोला रु ९९ हजार ८ सय  मा कारोवार भएको पहेँलो धातुमा आज रु एक हजार ६ सयले वृद्धि भएको छ । बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार चार सय कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु एक लाख ९ सय निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज चाँदीको मूल्य रु ६५ ले बढेको छ । एकतोला सेतो धातुको मूल्य आज रु एक हजार २ सय ९५ निर्धारण भएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य रु १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो ।

त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २,०२४.५३ अमेरिकी डलर कायम भएको छ । त्यसैगरी प्रतिऔँस चाँदी २५.९६ अमेरिकी डलर निर्धारण भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button