सरकारले भन्यो : चिनियाँ पक्षले कुनै पनि क्षेत्रमा नेपाली भूमि मिचेको छैन

पोखरा न्यूज ।  नेपाल सरकारले चिनियाँ पक्षले कुनै पनि क्षेत्रमा नेपाली भूभाग नमिचेको प्रष्ट पारेको छ ।  हुम्लाको लिमि उपत्यकामा चीनले नेपाली भूमिमा भवनहरु निर्माण गरेको समाचार सार्वजनिक भएपछि सरकारले भूमि नमिचिएको प्रष्ट पारेको हो ।

बुधबार  मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले चीनको तर्फबाट नेपाली भूमि नमिचिएको बताउनुभएको हो  । लिमि उपत्यकामा नेपाली भूमिमा भवन निर्माण भएको भन्ने समाचार सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय हुम्लाबाट स्थलगत अध्ययनका लागि टोली त्यसतर्फ गएको उहाँले बताउनुभयो ।

अहिलेसम्म चीनसँग कुनै पनि क्षेत्रमा सीमा समस्या नभएको उल्लेख गर्दै उहाँले स्थलगत अध्ययनका लागि गएको टोलीले थप तथ्यहरु ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘२०७३ सालमा पनि यस्तै समाचार सार्वजनिक भएको भएको रहेछ । त्यति बेला अन्तरमन्त्रालय छानबनि समिति (गृह, परराष्ट र नापीहहित)को टिमले स्थलगत अध्ययन गरेर १ किलोमिटर चिनियाँ भूमि भित्र बनेको प्रतिवेदन तयार भएको थियो । अहिले त्यही ठाउँमा नै बनाएको जानकारी प्राप्त भएको छ । सीमा समस्या छैनन् । देखा परेपनि सौहार्दपूर्ण तरिकाले वार्ता गर्ने कुरा छदैछ । स्थलगत अध्ययनमा गएको टोली फर्केपछि थप तथ्याहरु सार्वजनकि हुनेछन् ।’’

उहाँले केरुङ रसुवागडीमा नाकामा केही श्रमिकहरुलाई कोरोना पोजेटिभ देखिएकाले सामान रोकिएको बताउनुभयो । समस्या समाधान भएपछि आज बीसीजी लगायत अत्यावश्यकीय खोप र औषधि नेपाली भूमिमा आएको पनि बताउनुभयो । चीनतर्फ रोकिएका सामानहरु एक हप्ताभित्र नेपाल ल्याउने कुरामा सहमति भएको पनि उहाँले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button