नयाँ व्यावसायिक एवम् औद्योगिक प्रतिष्ठान सञ्चालनमा

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकामा २५ वटा नयाँ व्यवसायी तथा औद्योगिक प्रतिष्ठान सञ्चालनमा आएको छ । गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जबाट नापतौल यन्त्रको जाँच अनुमतिपत्र लिएर कारोबार शुरु गरेको कार्यालय प्रमुख शशिभूषण कुमार यादवले जानकारी दिनुुभयो । ती प्रतिष्ठानहरुले व्यवसाय सञ्चालनका लागि अन्य कानूनी प्रक्रिया पूरा गरेको बताइएको छ ।

उद्योग वाणिज्य सङ्घ  हेटौँडाको अनुरोधमा सो कार्यालयबाट खटिएको टोलीले हेटौँडाका उद्योग तथा व्यवसायको नापतौल यन्त्रको जाँच, नवीकरण र जरिवाना तथा नयाँ इजाजत पत्र प्रदान गरेको जानकारी दिइएको छ । सो कार्यालयका सहायक निरीक्षक वीरेन्द्र उपाध्यायको नेतृत्वमा खटिएको टोलीले विगत एक हप्तामा सो इजाजत प्रदान गरेको जानकारी दिनुभयो ।

टोलीले २३९ व्यावसायिक फर्मको नापतौल यन्त्रको जाँच गरी नवीकरण तथा २२९ व्यावसायिक फर्ममाथि कारबाही तथा जरिवाना समेत गरेको छ । तोकिएको समयमा नापतौल यन्त्रको जाँच नगराउने र तौलमा ठगी गरेको पाइएपछि रु ५० देखि रु ८०० सम्म प्रतिव्यवसायीलाई जरिवाना र कारबाही गरेको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button