आजको राशिफल : पुष २६ गते आइतबार

पोखरा न्यूज, वीरेन्द्र सापकोटा । आज मितिः २०७७–पौष–२६, आइतबार, नेपाल सम्वत् ११४१, तदनुसार जनवरी महिनाको १०, २०२१, पौष कृष्ण पक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः द्वादशी घ.प २१ः३५(१५ः३६), नक्षत्रः अनुराधा घ.प.७ः३७, योगः गण्ड, करणः गर, आनन्दादी योगः मृत्यु

चन्द्रमाः वृश्चिक, सूर्यः धनु, अयनः दक्षिण

सूर्योदयः ६ः५८

सूर्यास्तः १७ः२५

आजको राशिफलः

मेष.तपाईको आजको दिन सन्तोषप्रद रहेको छ । मन नयाँ–नयाँ विचारहरु आउनेछ । शुभ समाचार सुन्न पाइनेछ । यात्राको अवसर आउनेछ । आँटेका काम कारबाही सहजताका साथ सम्पन्न हुनेछन् ।

वृष. नयाँ–नयाँ साथीसँग मित्रता गाँसिदा पुराना साथीसँगको सम्बन्ध झाँगिने वातावरण रहेको छ । अर्थका क्षेत्रमा राम्रो देखिन्छ । नयाँ कारोबारमा मन जानेछ भने सोच र विचार गरेका कार्यमा शत्रुले पनि दृष्टि दिन नसक्ने योग रहेको छ ।

मिथुन. तपाईको आजको दिन राम्रो देखिदैन । झैभगडाको सम्भावना रहेको छ । आफन्त तथा नजिकका साथीबाट धोका हुने सम्भावना रहेको छ । खर्चको मात्रा बढेर जानेछ । बोलिमा सजगता अपनाउनुपर्ने देखिन्छ ।

कर्कट. तपाइको आजको ठिकै रहेको छ । समुन्नत समाज निर्माणसँगै घरायासि विवाद मिलाउन सक्ने समय रहेको छ । शत्रुले पनि साथ दिने समय देखिएको छ । मान्यजनको आशिर्वादले नै काम बन्ने योग रहेको छ ।

सिंह. धार्मिक कार्यमा मन जाने समय रहेको छ । आध्यात्मिक चिन्तनकै कारण मन शान्त बनाउन सकिनेछ । शत्रुले कुरा काट्न नछाडेपनि तपाईले बेवास्ता नगर्दा शत्रुको मुख बन्द हुने देखिन्छ । समग्रमा तपाइको दिन आज राम्रो रहेको छ ।

कन्या. आर्थिक क्षेत्रमा सफलता मिल्ने देखिन्छ भने स्वास्थ्यले पनि तपाईलाई आजको दिनमा साथ दिने देखिन्छ । शिक्षण कार्यमा सफलता मिल्दा आफन्तको साथले मनमा हौसाला मिल्ने छ ।

तुला. तपाईको आजको दिन तपाईको पक्षमा रहेको देखिदैन । नयाँ काममा हात नहाल्दै राम्रो हुने देखिन्छ । शत्रु बढेर जाने समय रहेको छ । नजिकका साथीभाइले पनि शत्रुको साथ दिदा तपाइलाई जताजतै नोक्सानी हुने देखिन्छ ।

वृश्चिक. तपाइको आजको दिनमा पुराना कामहरु बन्ने देखिन्छ भने नयाँ कामको सुरुवात हुने पनि सम्भावना रहेको छ । विचारको श्रोतलाई सदुपयोग गर्न सकेमा हरेक कार्य सफलताका साथ सम्पन्न हुने देखिन्छ ।

धनु. तपाइको आजको दिन मध्यम रहेको छ । शत्रुलाई नियन्त्रणमा राखेता पनि आफ्नो काम बनाउन भने ठूलै कसरत गर्नुपर्ने देखिन्छ । सोच र विचार लिएर मात्र काम गरेको खण्डमा सफलता मिल्ने देखिन्छ ।

मकर. आस्तिक मनले गरेको काम सहज र सरलताका साथ सम्पन्न हुने देखिन्छ । मन खुशि रहनेछ । मान्यजनको आशिर्वाद मिल्नेछ । देवभक्तिमा गएको मनले सकारात्मक सन्देश ल्याउनेछ भने मित्रताको अवसर आउनेछ ।

कुम्भ. तपाइको आजको दिन त्यति राम्रो मान्न सकिदैन । घनिष्ठ सम्बन्धमा पनि दरार आउन सक्ने भएकाले सचेतता अपनाउनुपर्ने देखिन्छ । मन चञ्चल रहनेछ । बन्न लागेका काममा पनि व्यवधान आउन सक्ने भएकाले तपाइ अगाडि नबढि काम गर्नुपर्ने देखिन्छ ।

मीन. तपाइको आजको दिन सकारात्मक रुपमा बित्नेछ । स्वास्थ्यले साथ दिदा उत्साह र उमङ्ग बढेर जाने समय रहेको छ । अध्ययनको क्षेत्रमा मन जानेछ भने सामाजिक क्षेत्रमा समेत प्रभाव पार्न सक्नुहुने योग देखिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button