पोखरा न्यूज । नेपालमा सोमबार थप १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ४ हजार १ सय ४५ जनाको पीसीआर गरिएकोमा ९८ जना पुरुष र ६१ जना महिला गरी जम्मा १ सय ५९ जनामा नतिजा पोजेटिभ देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार १ सय १८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ सय ६४ निको भएसँगै निको हुनेको कुल संख्या २ लाख ६६ हजार ६०० पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार २९ पुगेको छ ।