आजको राशिफल : फागुन २२ गते शनिबार

वीरेन्द्र सापकोटा ।  आज मितिः २०७७–फाल्गुन–२२, शनिबार, नेपाल सम्वत् ११४१, तदनुसार मार्च महिनाको ६, २०२१, फाल्गुन कृष्णपक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः अष्टमी घ.प.३७ः३९ (२१ः२९), नक्षत्रः ज्येष्ठ घ.प. ४५ः५८, योगः वज्र, करणः बालव, आनन्दादी योग ः मुसल

चन्द्रमाः वृश्चिक, सूर्यः कुम्भ, अयनः उत्तरायण

सूर्योदयः ६ः२५

सूर्यास्तः १८ः६

आजको राशिफलः

मेष.तपाईँको आजको दिन त्यति राम्रो मान्न सकिँदैन । पुराना साथीभाइसँग भेटघाट हुनेछ । खर्चको माध्यम बढेर जानेछ । आँटेका कामहरू सफलतापूर्वक सम्पन्न गर्न घरपरिवारको सहयोग लिनुहोला । शिक्षाप्रतिको लगाव बढ्नेछ । बोलीमा प्रभावशाली क्षमता बढाउनुपर्ने देखिन्छ ।

वृष. आर्थिक कारोबारमा सुधार हुनेछ भने सबैसँग मित्रताको साइनो गाँस्ने प्रबल सम्भावना रहेको देखिन्छ । आफन्तको सहयोग मिल्नेछ । आर्थिक कारोबारको क्षेत्र पनि राम्रै देखिएको छ । आजको दिनमा तपाईँको व्यवहार सफलताको हुनेछ भने मन खुसी हुनेछ ।

मिथुन. तपाईँको आजको दिन ठिकै रहेको छ । नयाँ काममा हात नहाल्दा फाइदा हुने देखिन्छ भने आज तपाईँले जस भन्दा पनि अपजसको सामना बेहोर्नुपर्ने देखिन्छ । शिक्षा क्षेत्रमा सफलता नमिल्दा मनमा कुरा खेल्नेछ । मनमा आएका अनावश्यक कुराले मानसिक तनाव र शारीरिक थकानको महसुस तपाईँले गर्नुहुनेछ ।

कर्कट. बिचमा अवरुद्ध भएका कामकारबाहीले गतिशीलता पाउने समय रहेको छ । दिन तपाईँको पक्षमा देखिन्छ । तपाईँले आजको दिनमा बोलीको प्रभावले नै काम सम्पन्न गर्नुहुनेछ । यात्राको सम्भावना पनि उत्तिकै रहेको छ । प्रतिष्ठा वृद्धिको समय रहेको छ ।

सिंह. आफन्त तथा साथीभाइको साथ रहनेछ । स्वास्थ्यले तपाईँको पक्षमा साथ दिनेछ । नयाँ–नयाँ कामको क्षेत्रमा हात हाल्दा फाइदा पुग्ने सम्भावना पनि उत्तिकै देखिन्छ । मनोवाञ्छित कुराहरू पुग्ने समय रहेको छ । आर्थिक कारोबारमा सफलता प्राप्ति गर्ने समय रहेको छ ।

कन्या. तपाइको दिन राम्रो रहेको छ । पुराना कामहरू सफलताको पथमा पुग्दा उठ्न बाँकी रहेका धन–दौलत पनि सहजै उठ्ने समय रहेको छ । मान्यजनको आशीर्वादले नयाँ काममा हात हाल्दा सफलता पर्ने देखिन्छ । स्वास्थ्य तपाईँको पक्षमा रहेको छ । मानसिक स्थिरताले सोचेका काम पुरा हुनेछन् ।

तुला. तपाईँको आजको दिन त्यति राम्रो मान्न सकिँदैन । मानसिक तनाव बढ्ने समय रहेको छ । नजिकका मानिसबाट धोका हुने सम्भावना रहेको छ । सवारी दुर्घटनाको समय रहँदा सावधानी अपनाउनुपर्ने देखिन्छ । आर्थिक कारोबारमा तपाईँको हात अगाडि नबढाउँदा नै राम्रो हुने समय देखिन्छ ।

वृश्चिक. आजको तपाईँको दिन राम्रो रहेको छ । आज तपाईँले मान–सम्मान प्राप्त गर्नुका साथै मिष्टान्न भोजनको सुअवसर समेत प्राप्त गर्ने योग रहेको छ । आफन्त तथा साथीभाइबाट नयाँ–नयाँ उपहार पाउने समय रहेको छ । आर्थिक क्षेत्र सफल रहने छ ।आजको दिनमा इच्छा आकाङ्क्षाहरू बढेर जानेछन् ।

धनु. व्यापार व्यवसाय वा कारोबारबाट सफलता प्राप्त गरिरहेका नयाँ उद्यम क्षेत्रमा समेत हात जाने देखिन्छ । मनमा शान्तिको महसुस गर्नुहुनेछ । नयाँ–नयाँ साथीभाइसँग भेट हुने संयोग रहेको छ । सबैको सहयोगले नै कामहरू सम्पन्न हुनेछन् ।

मकर. बौद्धिकताको प्रयोगले सफलता प्राप्त गर्ने समय रहेको छ । सोचेर मात्र काममा हात हाल्नुहोला । आफन्तको सहयोगमा क्रियाकलापहरू सम्पन्न हुनेछन् । स्वास्थ्यले साथ दिनेछ भने अध्ययनमा रुचि बढ्ने देखिन्छ । इच्छाएका कुरालाई सम्पन्न गर्न आत्मबल भने दरिलो बनाउनुहोला ।

कुम्भ. तपाईँको आजको दिन मध्यम खालको रहेको छ । काम गर्दा केही विचार गरेर मात्र गर्नुपर्ने देखिन्छ । नगद कारोबारमा घाटा हुने भएकाले सजगता अपनाउनुपर्ने देखिन्छ । आफन्तबाट धोका हुने भएकाले सावधानी अपनाउनु नै राम्रो हुनेछ । भने अध्ययनमा पनि आज सोचे जति प्रगति हुने देखिँदैन ।

मीन. आजको दिन तपाईँको लागि राम्रो रहेको छ । आँटेका कामहरू सफलताका साथ सम्पन्न हुनेछन् । मनमा शान्तिको महसुस हुनेछ । बोलीमा प्रभाव बढ्दा आर्थिक कारोबारमा सफलता मिल्ने देखिन्छ । मन स्थिर तथा खुसी हुनेछ भने सन्तानको न्यानोपनको महसुस गर्नुहुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button