लोक दोहोरी गायिका रिना केसीको चर्चा बढ्दै

अझै मेहनत गरेर अगाडि बढ्ने तयारी

राजाराम पौडेल । लोक दोहोरी गायिका रिना केसीको जन्म बागलुङ जिल्लामा भएको हो । अहिले पोखरामा बस्नुुहुन्छ । उहाँलाई बाल्यकालदेखि नै गीत संगीतप्रति रुचि थियो ।

सानैदेखि गीत गाउन खोज्ने रिनाले विभिन्न प्रतियोगितामा भाग लिने गर्नुहुन्थ्यो । यसरी प्रतियोगितामा भाग लिदा पटक–पटक उत्कृष्ट हुन सफल बन्नुभयो । यसले उहाँमा अगाडि बढ्ने जोश थप्यो । तर औपचारिक रुपमा सांगीतिक क्षेत्रमा लाग्न सक्नुभएन । कामकै खोजीमा विदेश हानिनुपर्‍यो । दूई वर्ष साइप्रस बस्नुभएकी रिनामा गीतसंगीत प्रतिको रुचि त्यहाँ बस्दा झनै बढ्यो । फलस्वरुप विदेशी भूमिबाटै सामाजिक सञ्जालमा लाइभ प्रस्तुति राख्न थाल्नुभयो । यसरी प्रस्तुति राख्दा दर्शकबाट पाएको सर्पोटका कारण सांगीतिक क्षेत्रमा अगाडि बढ्न उत्पेरित हुनुभयो ।

नेपाल फर्किएपछि सांगीतिक क्षेत्रमा औपचारिक रुपमा लाग्ने निधो गर्नुभयो ।
नेपाल फर्किएपछि उहाँको सांगीतिक यात्रा औपचारिक रुपमा सुरुवात हुनपुग्यो । आजभन्दा झण्डै तीन वर्षअगाडि ‘रित्ताे काख’ बोलको गीतमा आवाज भरेर उहाँको गायन क्षेत्रमा डेब्यु भएको हो । तीन वर्षको अवधिमा उहाँको आवाजमा भंगेरी चरी, पान पाते ठुली, बाटैमा भाइरस, पुतली फुरुरु, विछोड, सम्झना लगायतका झण्डै दुई दर्जन गीत दर्शक श्रोतामाझ आइसकेका छन् ।

पछिल्लो क्रममा आएको गीत मुग्लिनले उहाँको लोकप्रियतालाई झनै बढाइदिएको छ । मुग्लिन गीतमा केसीसँगै विष्णु खत्रीको आवाज सुन्न सकिन्छ । लय, शब्द संकलन खत्रीले नै गरेको गीत यतिबेला दर्शक श्रोतामाझ प्रिय बनिरहेकोछ । यो गीतको एरेन्ज तारानाथ आचार्यले गर्नुभएको हो । गीतको भिडियो समेत आर्कषक बनेको छ । होम गुरुङले निर्देशन गरेको भिडियोमा ओबी रायमाझी र सारिका केसीको मुख्य अभिनय हेर्न पाइन्छ ।

दर्शक श्रोता माझ पस्किएका गीतका कारण सांगीतिक क्षेत्रमा रिनाको चर्चा बढ्न थालेको छ । सोही कारण दर्शक श्रोताको माया पाउञ्जेल सांगीतिक क्षेत्रमा निरन्तर सर्घष गर्ने योजना उहाँले बनाउनु भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागलुङमा आवद्ध समेत रहनुभएकी गायिका केसीसँग यसपाली हामीले सांगीतिक यात्रासँग सम्बन्धित रहेर केही प्रश्न सोधेका छौँ ।

तपाईको सांगीतिक यात्रा कसरी शुरु भयो ?
म सानैदेखि गीत संगीतलाई माया गर्ने मान्छे हो । कामको शिलशिलामा दूई वर्ष विदेशमा रहेँ । गीत संगीत मनपर्ने भएको हुनाले त्यहाँ रहदाँ आफ्नो मनको तृष्णा मेटाउन सामाजिक सञ्जालमा धेरै लाइभहरुमा बस्थे । गीतहरु गाउँथे । मैलै बढी लोकदोहोरी गीत गाउथे । विदेशबाट फर्किएपछि औपचारिक रुपमा सांगीतिक क्षेत्रमा अगाडि बढें ।

कस्ता गीत गाउन मनपर्छ ?
मलाई लोकदोहोरी गीत गाउन मनपर्छ ।

बाल्यकालमा गीतसंगीत प्रति कतिको रुचि थियो ?
बाल्यकाल देखिनै गीत संगीतमा रुचि थियो, गीत गाउथे । स्कुलमा पनि प्रतियोगितामा भाग लिन्थे । यसरी भाग लिदाँ प्रथम हुन्थे । धेरै पुरस्कार हात पारे ।

तपाईलाई मनपर्ने गायक तथा गायिका ?
मलाई मनपर्ने गायिका विमा कुमारी दुरा हुनुहुन्छ । उहाँका गीत सुन्दै यहाँसम्म आएको हुँ । उहाँका गीत मलाई साह्रै मनपर्छ ।

सांगीतिक क्षेत्रमा लागेर जीवन धान्न सकिन्छ ?
सांगीतिक क्षेत्रमानै लागेर जीवन धान्न सकिन्न । हुनत केही कलाकार सक्षम हुनुभएको छ । सम्रगमा भन्दा निकै गाह्रो छ ।

तपाईले देखेको सपना ?
गीत संगीतमा नै भिजेर, रुझेर बस्न मन छ । यसै क्षेत्रमा निरन्तर लागेर दर्शक श्रोताको माया पाउने सपना बुनेकी छुँ ।

नेपाली सागीतिक क्षेत्रमा सकारात्मक पक्ष ?
लोक गीत, लोक संगीतनै नेपाली सांगीतिक क्षेत्रको सकारात्मक पक्ष हो ।

नेपाली सागीतिक क्षेत्रमा सुधार गर्नुपर्ने पक्ष ?
कलाकारले गीत संगीत पस्कदा समाजलाई पच्ने परिवारसँग बसेर सुन्न सक्ने खालका गीत पस्कनुपर्छ ।

आफूमा निखारता कसरी थप्दै आउनुभएको ?
निरन्तरको प्रयासबाट निखारिदै गएको हुँ । स्टेज कार्यक्रम तथा विभिन्न लाइभ प्रस्तुतिले समेत निखारिन सहयोग गरेको छ ।

संगीत क्षेत्रबाट पाएको कुरा ?
संगीत क्षेत्रबाट नाम, सबैको माया, आदार, सम्मान, सत्कार पाएको छु ।

संगीत क्षेत्रबाट गुमाएको कुरा ?
गुमाएको खासै छैन । म खुशी नै छु ।

अबका योजना के छन् ?
सकेसम्म सांगीतिक क्षेत्रलाई नै अंगालेर अगाडि बढौं जिन्दगीमा भन्ने हो । त्यसकै लागि प्रयास गर्दै जान्छु । सफल हुन्छु कि हुन्न भन्ने त भविष्यले नै बताउला । तर म अझै मेहनत गरेर अगाडि बढ्छु । यसरी अगाडि बढ्दा सफल हुन्छु भन्ने आत्मविश्वास भने मनमा छ ।

हालै सार्वजनिक भएको मुग्लिन गीतको बारेमा के भन्नुहुन्छ ?
विष्णु खत्रीज्यूसँग गीत गाउन पाउनु मेरो लागि महत्वपूर्ण कुरा थियो । गीतलाई दर्शक श्रोताले रुचाइदिनुभयो एकदमै खुशी छु । अब मेरो यात्रा झनै सुमधुर हुने आशा जगाएको छ ।

अन्तमा के भन्नुहुन्छ ?
गीत संगीतलाई सबैले माया गर्नु भनेर भन्छु । दर्शक नै हाम्रो भगवान हुनुहुन्छ त्यही भएर दर्शकलाई साथ सर्पोट गर्न आग्रह गर्छु । दर्शकले माया गर्नु भयो भने बाच्न सजिलो हुन्छ । अर्को कुरा गीत संगीतमा विकृति भित्रन दिनु हुँदैन । त्यसको लागि सबैले आफ्नो ठाउँबाट पहल गरौँ । अवसरको लागि धन्यवाद ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button