सुनको मूल्य घट्यो, तोलाको कति ?

 पोखरा न्यूज। बुधवार सुनको मूल्यमा गिरावट आएको छ । नेपाली बजारमा आज छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो। अघिल्लो दिन ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९१ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले तेजावीको सुनको मूल्य भने आजका लागि ९० हजार ८ सय रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भई १२ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन १२ सय रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button