पोखरा न्यूज । कोरोना भाइरसको संक्रमण भई पोखराका विभिन्न अस्पतालमा उपचाररत १९ वर्षीय युवकसहित थप ६ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार केन्द्रमा उपचाररत स्याङ्जाकाे भिरकाेट ४ का ५५ वर्षीय पुरुषको शुक्रबार र चापाकाेट ४ का ५८ वर्षीय पुरुष तथा पर्वतकाे कुश्मा २ का १९ वर्षीय युवककाे बिहीबार मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
त्यस्तै पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा उपचाररत कास्कीकाे पाेखरा ३२ का ६० वर्षीय पुरुषकाे शुक्रबार र पाेखरा २९ की ७८ वर्षीया महिलाकाे बिहीबार उपचार कै क्रममा ज्यान गएको छ ।
मेडिप्लस अस्पताल पाेखरामा उपचारकाे क्रममा पोखरा १५ की ५६ वर्षीया महिलाकाे बिहीबार मृत्यु भएको निर्देशनालयले पुष्टि गरेको छ ।
यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार २७४ पुगेको छ ।