नेपाल र भारतको मित्रताको आधार स्तम्भ गोर्खा सैनिक – मुखर्जी

पोखरा –

भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल र भारतको मित्रताको आधार स्तम्भ नै भारतीय गोर्खा सैनिक भएको बताएका छन । सुक्रबार पोखरा रामबजारको भारतीय पेन्सन क्याम्पमा भारतीय भुतपुर्व सेनाहरुलाई सम्वोधन गर्दै मुखर्जीले प्राचीन कालदेखि नै नेपाल र भारतबीच बहुमुखी सामाजिक र सांस्कृति सम्बन्ध रहेको उल्लेख गर्दै नेपाल र भारतको मित्रताको आधार स्तम्भ नै भारतीय गोर्खा सैनिक भएको बताएका हुन ।

उनले भने “दुई देशको सम्बन्धलाई भारतीय गोर्खा सैनिकले मजवुत बनाएका छन, सुरक्षा र विकासमा भारतीय गोर्खा सैनिकले महत्वपूर्ण भूमिका खेलेको हामीले प्रंशम्सा गर्दछौं, भूपू गोर्खा सैनिकको लागि विभिन्न कल्याणकारी योजना भारत सकारले ल्याउन तयारी गरेको छ ।” विभिन्न कल्याण योजनाका लागि साढे ६ अर्व नेपाली रुपैयाँ वितरण गरिएको उनले बताए ।

pranav-mukharjee-in-pokhara

गत बर्ष नेपालमा आएको विनासकारी भूकम्पले क्षति पु¥याएको ठाउँमा नेपाल सरकारसँग मिलेर काम गरिएको बताउदै उनले भने “भूकम्प पीडित ६ हजार ८ सय भूपू सैनिकलाई सहयोग गरेका छौं । ” भूपू गोर्खा सैनिकको स्वास्थ्य सेवाको लागि पनि भारत सरकारले सहयोग गरिरहेको बताउर्दै मोखर्जीले भूपू भारतीय गोर्खा सैनिकको बालबालिका लागि छात्रवृत्ति प्रदान गर्दै आएको जनाए । सुन्दर नगर पोखरामा भूपू भारतीय गोर्खा सैनिक सामु आएर बोल्न पाउँदा आफूलाई गौरवान्दित महसुुस गरेको बताउदै उनले भने “ भारतीय गोर्खा सैनिकले भारतमा असाधारण वीरता देखाएर नाम कमाएका छन्, भारतीय सेनाको सर्वोच्च कमाण्ड हुनको नाताले यो मेरा लागि प्रसन्न र सन्तोषको विषय हो ।” भारतको सीमा सुरक्षाको लागि दृढता र अनुसासन पूर्वक भारतीय गोर्खा सैनिकले काम गरेको मुखर्जी मा खुसि व्यक्त गरे । ३२ हजार नेपाली भारतीय गोर्खा सैनिकमा कार्यरत रहेको र १ लाख २६ हजार भूपू गोर्खा सैनिकले पेन्सनबाट लाभ लिएको उनले बताए । भूपू सैनिकको लागि खानेपानी, सौर्य ऊजा लगायतका योजना पनि भारत सरकार ल्याउने बताएका मोखर्जीले भने “विकास र शान्तिको लागि अगाडि बढेको नेपालाई भारतले सधै सहयोग गर्छ । ” नेपाल विकासको बाटोमा अघि बढेकोले भारत सकरात्मक भएको समेत उनले उल्लेख गरे ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीन दिवसीय नेपाल भ्रमणको क्रममा शुक्रबार पोखरा भ्रमणसंगै काठमाण्डौं हुदै भारत प्रस्थान गरेका छन । मुखर्जी भ्रमणलाई लक्षित गर्दै विरौटाचोक, मुस्ताङचोक, नागढुंगा, पृथ्वीचोक, चाइनापुल, बुद्धचोक आसपासका सडकमा सवारी साधान चलाउन रोक लगाइएको थियो । जसले सर्वसाधारणले सास्ती भोग्न बाध्य भएका थिए । करीब १० हजार भन्दा बढी भारतीय भुतपुर्व सेनाहरु भरतीय सेनाको पोसाकमा सजियर कार्यक्रम स्थलमा पुगेका थिए । कार्यक्रममा पहिला भारतको राष्ट्रिय गान भएको थियो त्यस पछि नेपालको राष्ट्रिय गान भएको थियो । राष्ट्रिय गान भएसंगै भारतीय राजदुत रन्जीत रेले भुतपुर्व सैनिक सहित कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्दै भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई सम्वोधनको लागि निमन्त्रणा गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button