कास्कीमा माओवादीको वडा अधिवेशन : ‘भएन ब्रेक थ्रु’

पाेखरा न्यूज । कांग्रेस र एमालेपछि कास्कीमा नेकपा माओवादी केन्द्रले वडा अधिवेशन गरेको छ । समानुपातिक समावेशी सिद्धान्तलाई अंगिकार गरेर मुल राजनीतिमा होमिएको माओवादीले वडा अधिवेशनबाट पुराना दुई पार्टी भन्दा फरक सन्देश दिन सकेन । कास्कीका वडा अधिवेशनबाट महिलालाई नेतृत्वमा पुर्‍याउन माओवादी पनि चुकेको छ । ७२ वडा रहेको यहाँ कांग्रेस र एमालेबाट एउटा पनि वडामा महिला अध्यक्ष भएका छैनन् ।

माओवादीको पनि हालसम्म सकिएका २८ वडा अधिवेशनबाट पुरुषमात्र अध्यक्ष बनेका छन् । प्राप्त पछिल्लो विवरणअनुसार पोखरा महानगरपालिका-१ मा रुद्र लुईंटेलको अध्यक्षतामा ३५ सदस्सीय कमिटी सर्वसम्मत चयन गरिएको छ ।

पोखरा-६ को अध्यक्षमा कृष्ण आचार्य चयन हुनुभयाे भने पोखरा-८ मा हिराकाजी श्रेष्ठ अध्यक्ष बन्नुभएकाे छ । पोखरा-१६ को अध्यक्षमा निर्मल आचार्य, ११ मा मनोज रसाइली, २२ मा नवराज बराल अध्यक्ष बन्नुभयाे । ३३ नम्बर वडाको अध्यक्षमा श्रीभद्र बराल चयन भएकाे माओवादी कास्कीले जनाएको छ ।

मादीका १२ वटै वडामा अधिवेशन सकिएको छ । वडा नम्बर १ को अध्यक्षमा टीकप्रसाद गुरुङ, २ मा मेघराज गुरुङ, ३ मा बेलबहादुर गुरुङ र ४ मा नवराज पौडेल सर्वसम्मत चयन हुनुभएकाे छ । यस्तै, ५ मा भवानी शंकर बास्तोला, ६ मा दीपक परियार, ७ मा दुर्गाबहादुर गुरुङ, ८ मा होमबहादुर गुरुङ, ९ मा विजयराज अधिकारी अध्यक्ष बन्नुभयाे भने वडा नम्बर १० मा रामप्रसाद पौडेल, ११ मा बुद्धिनाथ खनाल र १२ मा लेखनाथ बराल अध्यक्षमा चयन हुनुभएकाे छ ।

माछापुच्छ्रे गाउँपालिका-२ मा पुष्पराज गौतमको अध्यक्षतामा ११ सदस्सीय वडा कमिटी निर्वाचित भएको छ । वडा नम्बर ३ को अध्यक्षमा नारायण दवाडी, ८ को अध्यक्षमा गणेश आचार्य निर्वाचित हुनुभयाे । अन्नपूर्ण गाउँपालिका-३ को अध्यक्षमा विष्णुप्रसाद पौडेल चयन हुनुभयाे भने ५ मा दीपेन्द्र गिरीको अध्यक्षतामा नयाँ कमिटी गठन भएको छ ।

यता रुपाका केही वडा बाहेकमा अधिवेशन सकिएको छ । वडा नम्बर १ को अध्यक्षमा पुष्पराज खनाल, ३ को अध्यक्षमा सन्तबहादुर भुजेल, ४ को अध्यक्षमा नवराज रेग्मी, ७ को वडाध्यक्ष माधव पौडेल निर्वाचित भएकाे माओवादी कास्कीका इन्चार्ज राजकाजी गुरुङ ‘करण’ले जानकारी दिनुभयाे । उहाँका अनुसार बाँकी वडाहरूको समेत सर्वसम्मत नेतृत्व आउने क्रम जारी छ ।

‘सर्वसम्मत गर्ने भनिएको छ । सबै जुट्नुभएको छ, सल्लाह भइरहेको छ’, उहाँले भन्नुभयाे, ‘आज बेलुकासम्म सबै कमिटी तयार हुन्छ ।’ एमालेले पनि सर्वसम्मत रुपमा कमिटी गठन गरेको हो ।

पार्टीभित्र असन्तुष्टी बढ्ने डरले दुई ठूला कम्युनिष्ट पार्टीहरूले मतदान प्रक्रियालाई ‘बहिष्कार’ जस्तै गरेका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button