पोखरामा थ्री-स्टार स्तरको कुटी रिसोर्ट संचालनमा, वेडवाटै हिमश्रृखलाको दृश्यावलोकन गर्न सकिने

गणेश वराल –

पोखरा –

पर्यटकीय नगरी पोखराको मुटु लेकसाइडमा थ्री-स्टारस्तरको कुटी रिसोर्ट संचालनमा आएको छ । ४ रोपनी क्षेत्रफलमा फैलिएको उक्त रिसोर्ट पोखराको लेकसाइड स्थित वाराहीपथमा (वडा कार्यालय नजिकै) करिब ३० करोड रुपैयाको लागतमा विविध सेवा सुविधाका साथ संचालनमा आएको हो ।

building
KUTI RESORT

रिसोर्टमा आकर्षक ढङ्गवाट स्थानीय काठ तथा ढुंगाहरुको प्रयोग गरिएको छ ।  स्थानीय  प्राकृतिक स्रोत-साधनलाई अधिकतम  मात्रमा प्रयोग गर्दै टिपिकल नेपाली पन झल्काउनकै लागी ठेट नेपाली शब्दको प्रयोग गरी  रिसोर्ट संचालनमा ल्याएको होटलका संचालक देवेन्द्र केसीले वताए  ।  “ ऋषिमुनिहरु जस्तै पर्यटकहरु पनि घुमफिर गरी बास बस्ने भएकोले हामीले यो रिसोर्टलाइ कुटी रिसोर्ट नाम राखेका हौ”, युवा पर्यटन व्यवसायी केसीले भने । गुणस्तरीय स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई लक्षित गर्दै केहि नयाँपन दिने हिसाबले रिसोर्टमा लगानी गरेको उनले वताए ।  ५० रुम क्षमताको उक्त रिसोर्टका  १० वटा सुइट रुम सहित २८ रुम संचालनमा आइसकेका छन भने केहि समय भित्रमै  बाकी रुम पनि संचालनमा आउने  केसीले जानकारी दिए  ।

सुइमिङ पुलमा  इन्डोर हिटिंङ्गको ब्यबस्था, बिशेष, लिफ्टीङ सिस्टम सहित अपाङ्ग मैत्री होटल तथा रुमका बेडवाटै सुन्दर हिमश्रृखलाको दृश्यावलोकन गर्न सकिने जस्ता  रिसोर्टका बिशेषता रहेको केसीले बताए ।  रिसोर्टमा फाइभ स्टार तथा  थ्रीस्टार होटलमा लामो समय काम गरेका अनुभवि सेफ तथा  कर्मचारीहरु रहेका बताउदै पर्यटकको सेवा सुविधामा बिशेष ध्यान दिइएको उनले जनाए  ।  कन्टीनेन्टल नेपाली, चाइनिज, इन्डियन, इटालीयन लगायतका सम्पूर्ण  खानाका परिकार उपलब्ध हुने बताउदै केसीले अर्गानीक कफि , होम मेड वेकरी, अम्लेट जस्ता रेस्टुरेन्टका सुबिधा २४ सै घण्टा उपलब्ध गराइने बताए ।

kuti-resort-pokhara

नेपाली कला संस्कृति झल्कने विशेष सांस्कृतिक कार्यक्रम, टप बियर गार्डेन, मर्निङ्ग योगा, फिटनेस  मसाजको लागि स्पा,  १ सय जना क्षमताको सभाहल जस्ता सेवा सुबिधा पर्यटकले रिसोर्टमा  पाउनेछन । नेपाली पर्यटकको हकमा प्रतिरुम  ५ हजार देखि १५ हजारसम्म  र विदेशी पर्यटकको हकमा ८० डलर देखि १ सय ७५ डलरसम्म दररेट कायम गरिएको  रिसोर्टले जनाएको छ । १६ वटा रुमको बेडवाट हिमश्रृखलाको दृश्यावलोकन  गर्न सकिने रिसोर्टले बताएको छ ।

विगत ५ बर्ष देखि सुपर मेट्रो टुर्स एण्ड ट्राभल्स संचालन गर्दै आएका युवा ब्यबसायी केसीले  लेभिज मिनरल  वाटर, सोनि अटो मार्ट, मोडर्न इरा टुर्स एण्ड ट्राभल्स  लगायतका दर्जनौ ब्यबसायिक क्षेत्रमा सफलता हासिल गरिसकेका छन ।

kuti-resort-ad

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button