मोटरसाइकलमा पोखरा फर्किदै गरेका पौडेलको भालुपहाडबाट खसेर मृत्यु

पोखरा न्यूज । स्याङ्जाको फेदीखोला गाउँपालिका– स्थित भालुपहाडमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ ।

स्याङ्जाबाट पोखरा फर्किने क्रममा भीरबाट मोटरसाइकल चिप्लिएर खस्दा फेदीखोला–४  बडाचौरका ३५ वर्षीय सुवास पौडेलको मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।

शुक्रबार वाईसीएल जिल्ला कमिटी स्याङ्जाको बैठक सकेर मोटरसाइकलमा पोखरा फर्किने क्रममा सम्पर्कबिहिन भएका पौडेललाई प्रहरीले खोजतलास गर्दा शनिबार भालुपहाडमा मृत अवस्थामा फेला परेको परेको स्याङ्जाका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक पदम थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पौडेल शुक्रबारबाट सम्पर्कबिहिन भएपछी शनिबार घरपरिवारले  खोजतलासको लागि प्रहरीमा निवेदन दिए पश्चात खोजतलास गर्ने क्रममा सडकबाट ७० मिटर तल भीरमा अड्किएको अवस्थामा शव फेला परेको हो ।

पौडेल नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाइसीएल नेपालका स्वास्थ्य विभाग प्रमुख तथा फेदीखोला गाउँपालिका सचिव हुनुहुन्थ्यो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button