काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकस्थित सिपाडोलमा सञ्चालनमा ल्याएको तरकारी बजारको बुधबार आज उद्घाटन गर्दैहुनुहुन्छ ।
देशकै ठूलो भनेर दाबी गरिएको २ अर्ब लागतको तरकारी बजारको ओलीले उद्घाटन गर्ने हुनुभएकाे हाे ।
एमाले केन्द्रीय सदस्यसमेत रहनु भएका प्रसाईले ‘सूर्यविनायक हरित कृषि थोक बजार’ सञ्चालनमा ल्याउनु भएकाे छ ।
उक्त तरकारी बजारको उद्घाटनमा जाँदा ओलीलाई नेता महेश बस्नेतको टोलीले मोटरसाइकलमार्फत स्कर्टिङ गर्ने भएकाे छ ।
तरकारी बजार ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
बजारभित्र साढे सात सय स्टल छन् ।
बजार प्रत्येक दिन राति २ बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ला रहने प्रसाईले बताउनु भएकाे छ ।