पोखरा । नेकपा एमाले प्रदेश कमिटीले अध्यक्षको उम्मेद्वार बनाएर पठाएका व्यक्ति उपाध्यक्षमा निर्विरोध हुनुभएकाे छ ।
एमालेले मनाङको नार्पाभूमी गाउँपालिकाको अध्यक्षमा ज्याप्ले गुरुङलाई उठाउने निर्णय गरेको थियो ।
तर उहाँ उपाध्यक्ष बन्नुभएकाे हाे ।
अध्यक्षमा कांग्रेसबाट हालका उपाध्यक्ष कोन्जो तेन्जिङ लामा सहित ३ जना उठ्नुभएकाे छ ।
कांग्रेसबाटै कृष्णबहादुर लामा र एमाले समर्थक मिङमर सोनाम लामाले उम्मेद्वारी दिनुभएकाे हाे ।
अध्यक्षमा पनि सर्वसम्मतको प्रयास भैरहेको छ ।
यस्तै, वडा नम्बर १ को अध्यक्षमा फुर्वा ठेले लामा, ४ को अध्यक्षमा कर्मा ग्याल्जेन लामा र ५ को अध्यक्षमा सोनम तेंजे लामा निर्विरोध निर्वाचित हुनुभयाे ।
बाँकी २ वडामा २/२ जना उठेका छन् ।