पोखरामा मत गणनास्थलमा एमालेको नाराबाजी, नेता बैरागीद्वारा पत्रकारमाथि दुर्व्यवहार

पोखरा । पोखरा महानगरपालिकाको मत गणनास्थलमा रिपोर्टिङमा गएका पत्रकारमाथि नेकपा एमालेका नेताले दुव्र्यवहार गरेका छन् ।

मत गणनामा विवादमा भएपछि नाराबाजी गर्दै गरेका नेतासँग प्रतिक्रिया लिने क्रममा नेता दामोदर बैरागी अपशब्द प्रयोग गर्दै धम्की दिएका हुन् ।

नेता बैरागीले अनलाइनखबरकर्मी अमृत सुवेदी र एपीवान टेलिभिजनका पोखरा ब्युरो प्रमुख सागरराज तिमिल्सिनामाथि धम्कीपूर्ण भाषा प्रयो गरेका हुन् । ‘विवाद भएर नाराबाजी भइरहेको ठाउँमा हामी पुगेका थियौं । त्यतिबेला नेकपा एमालेले मतगणना रोक्न नाराबाजी गरिरहेको थियो,’ एपीवान टिभीका तिमिल्सिनाले भने, ‘त्यहीबेला कुटपिट गर्न उनले कार्यकर्तालाई आदेश दिएका हुन् ।’ अनलाइनखबरकर्मी अमृत सुवेदीले पनि आफूलाई मतगणना स्थलबाट बाहिर निकालिदिने धम्की दिएको बताए ।

रिपोर्टिङमा रहेका पत्रकारमाथि गरिएको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ कास्कीले खेद प्रकट गरेको छ । महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले कुनै पनि बहानामा पत्रकारमाथि दुव्र्यवहार सह्य नहुने बताइन् ।

‘यो वा त्यो बहानामा पत्रकारमाथि दुव्र्यवहार गर्न पाइँदैन । अझ त्यसमाथि रिपोर्टिङमा खटिएको पत्रकारमाथि दुव्र्यवहार भएको छ,’ अध्यक्ष भण्डारीले भनिन्, ‘लोकतन्त्रमा पनि प्रेसमाथिको यो प्रहार सह्य हुँदैन । यो प्रवृत्तिको हामी खेद प्रकट गर्दछौं ।’

वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएपछि नेकपा एमालेका नेता दामोदर बैरागी, एमालेका मेयरका उम्मेदवार पुर्व सांसद कृष्ण थापाका स्वकीय सचिव महेन्द्र मनु  लगायतले मतगणना स्थलमा हुलहुज्जत र नारावाजी गर्दै मतगणना कार्यमा अवरोध पुर्याउन खोजेका थिए ।

कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीचमै भनाभन भएको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button