पोखरा न्यूज । प्रहरीले पोखरा महानगरपालिका वडा नं. ९ नागढुङ्गाबाट २८५ एम्पुल लागूऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ ।
कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा स्याङजा पुतलीबजार वडा नं. ४ का २६ वर्षीय देवान्स थापा, वडा नं. ८ का २५ वर्षीय बिराज हमाल र आँधिखोला गाउँपालिका वडा नं. ३ का २० वर्षीय मनिष पौडेल रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट लागूऔषध डाईजापाम-७० एम्पुल, फेनेरागन-१२० एम्पुल, नुर्फिन– ९५ एम्पुल र ४ थान र मोबाइल बरामद गरेको छ ।
उनीहरूलाई पक्राउ गरी जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।