पोखरा २८, वैशाख –
पोखरा लेखनाथ महानगरपालिकाका वडा नम्बर २२ मा रहेको बेरोजगार समस्यालाई हल गर्न माओबादी केन्द्रले कृषि तथा पर्यटन पुर्वाधार विकास योजना अघी सारेको छ ।
वडा नम्बर २२ मा वडा अध्यक्षका उम्मेदवार केशव पौडेलले बेरोजगार समस्या हल गर्न व्यबस्थित कृषि फार्महरु स्थापना गरी बेरोजगार युवाहरुलाई स्वारोजगार सिर्जना गर्ने आफुहरुको मुख्य योजना भएको बताए ।
पोखरा २२ मा पर्यटनका धेरै सम्भावनाहरु भएकोले पर्यटनको थलोको रुपमा विकास गराउने लक्ष्य रहेको बताएका पौडेलले पर्यटनको सम्भावना भएको स्थानमा पर्यटन पुर्वाधार तथा सडक संजालको पहुच पु¥याउने लक्ष्य रहेको जनाए । छोरेपाटन देखि शान्ति स्तुप, उल्लेरी ढावा कुभिण्डे हुदै माछापुछ्रे भ्यूप्वाईट’ खाल्से, फुर्सेखोला हुदै छोरेपाटनसम्मको सडकमा पिच गर्ने योजना आफुहरुसंग भएको अध्यक्षका प्रत्यासी पौडेलले बताए । वडा कार्यालय जाने पिच सडक पिच गर्ने, आर्थिक पारदर्शी वनाउन दण्डर पुरस्कारको व्याबस्था गर्ने, भ्रष्टचारमुक्त समाज निमार्णमा जोड दिने, पुम्दीकोट बिशाल शिवको मुर्ति निमार्णसंगै रिङ रोड तथा पर्यटनकीय गन्तव्यका सडक दाया वाया फुल रोप्ने, हरेक टोलमा होम स्टे पर्बर्धन गर्ने, पोखरी, चौतारा, उद्यान जस्ता कुराको संरक्षण तथा स्थापना गर्ने योजना भएको उनले बताए ।
२२ वडा पुम्दी भुम्दीमा वादर लागेर खेति वाली समयमै थन्काउन मुख्य समस्या हुने भएकोले वादर नियन्त्रणमा बिषेश पहल गर्ने पौडेलले जनाए । पोखरा लेखनाथ महानगरपालिकाको पर्यटन मन्त्रमुत्त बनाउदै दुई दिन पर्यटकको बसाई लम्वाउने गरी पर्यटन पुर्वाधार निमार्णमा जोड दिने पौडेलले बताए । खोला तथा पहिरो नियन्त्रमा जोडदिने, सार्वजनिक सम्पति संरक्षणमा जोड दिने लगायतका आफुहरुसंग बृहत योजना भएको समेत पौडेलले बताए ।
माओबादी केन्द्रका २२ वडा सदस्यका प्रत्यासी उम्मेदवारमा महिला सदस्यमा कमला बराल, दलित सदस्यमा सिता कुमारी विक, खुल्ला सदस्यमा कृष्ण प्रसाद बराल र राजेन्द्र बराल रहेका छन ।