दुईवटा एकसिंगे गैँडा सुस्तामा फेला

पोखरा न्युज –

नारायणी नदीमा आएको बाढीले राष्ट्रिय निकुञ्जबाट बगेर आएका दुईवटा एकसिंगे गैँडा नवलपरासीको सुस्तामा फेला परेका छन् ।

बगेर आएका ती दुबै गैँडा नवलपरासीको सुस्ता गाउंपालिका —५ स्थित चन्द्रगञ्जमा फेला परेको स्थानीयवासीले बताएका छन् । ती गैँडा गाउँका वरिपरी घुमीरहेकाले स्थानीयवासी त्रसित बनेका छन् । आफुहरु जोखिममा रहेको तथा गैँडाका कारण घर बाहिर निस्कन नसकेको स्थानीयले बताएका छन् ।

गैँडा गाउँ पस्ने हो कि भन्ने डरले प्रहरी गैँडाको निगरानी गरिरहेको रामनगर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक भीमबहादुर चौधरीले बताउनुभयो । यस सम्बन्धमा निकुञ्ज तथा वन कार्यालयलाई जानकारी गराइसकिएको पनि उहाँले बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button