पोखरा न्युज- २० बैशाख ।
पोखरामा बिहिबार पर्यटन व्यवसायी तथा समाजसेवी गोविन्दराज पहारीद्धारा एक बालकको अभिभावकत्व बहन गरेका छन् ।
आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालय छाड्ने अवस्थामा पुगेका १३ बर्षिय बालक बिकास बुढामगर लाई कक्षा १२ सम्मको अध्ययनको लागि सम्पुर्ण व्यहभार आफुले व्यहोर्ने उद्घोष गर्दै पहारीले अभिभावकत्व बहन गरेका हुन । काभ्रेपलाञ्चोक स्थायी घर भई पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ५ पर्स्यांङ् स्थित धर्मस्थली आधारभुत बिद्यालयमा कक्षा ६ मा अध्ययनरत वालक मगर आर्थिक अभाबका कारण विद्यालय छाड्ने अवस्थामा पुगेका थिए । बालकका बा ले सानैमा छाडेर हिडेपछि आमाले कमजोर आर्थिक स्थितिका कारण छोराको पढाई छुटाउने मनस्थितिमा पुगेकी थिइन ।
बालहितकारी परियोजना नेपालका अध्यक्ष समेत रहेका पहारीले बिहिबार विद्यालयमा सस्थाको तर्फवाट गरिब तथा जेहेन्दार बिद्यार्थीलाई स्टेशनरी सामग्री तथा पोशाक वितरण गर्नेक्रममा बुढामगरको अभिभावकत्व बहन गरेका हुन । कार्यक्रममा परियोजनाले विद्यालयका १५ जना गरिब तथा जेहेन्दार बिद्यार्थीलाई रु ५० हजार बराबरको स्टेशनरी सामग्री तथा पोशाक वितरण गरेको थियो ।
बिद्यालयका प्रधानाध्यापक केदारनाथ बरालको अध्यक्षता तथा समाजसेवी गोविन्दराज पहारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको संचालन विद्यालयका शिक्षक हरिशचन्द्र अधिकारीले गरेका थिए ।