पोखरा न्युज – जेठ, १० गते ।
कास्की प्रहरीले पोखराबाट २ जना फरार अभियुक्त पक्राउ गरेको छ।
अदालतबाट कैद तथा जरिवाना ठहर भइ फरार रहेका पोखरा लेखनाथ महानगरपालिका- ११ का ४४ बर्षीय अमृत राना र पोखरा लेखनाथ महानगरपालिका- १९ पुरन्चौर तल्लोकोटका ५१ बर्षीय शिव बहादुर खत्री क्षेत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । पक्राउ पर्नेहरुमध्ये राना लागू औषध बुप्रिनर्फिन मुद्दाका फरार अभियुक्त हुन् भने खत्री गाली बेईज्जती मुद्दाका फरार अभियुक्त हुन् ।
पक्राउ परेकाहरुलाई आबश्यक कारवाहीको लागि पठाइएको प्रहरीले जनाएको छ ।