पोखरा न्यूज -१६, जेठ ।
उत्तर कोरियाका एकजना जर्नेल तथा त्यहाँको वर्कस् पार्टीको केन्द्रीय समितिका उपाध्यक्ष किम योङ चोल बुधबार चिनियाँ राजधानी बेइजिङ पुगेको समाचार छ ।
अमेरिकाको लागि हिडेका उनि बुधबार बेइजिङ पुगेका र यहाँका अधिकारीसँग आवश्यक परामर्श भेट गरेको बताइएको छ । उनले चिनियाँ अधिकारीसँग भेटगरी प्रस्तावित सिंगापुर वार्ताको बारेमा जानकारी गरेका बताइएको छ ।
आगामी जुन १२ मा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच शिखर वार्ता हुने तय भएको छ । सोही प्रयोजनका लागि उनि त्यसतर्फ लागेका हुन् ।
चीनको राजधानी बेइजिङ्स्थित एक अन्तरराष्ट्रिय विमानस्थलमा उनलाई चिनियाँ अधिकारीले स्वागत गरेका थिए । जर्नेल किम उत्तर कोरियाली नेता किम जोङ उनका विश्वासपात्र पनि हुन् ।
दक्षिण कोरियाको सरकारी समाचार समिति, योनहापले उनले चिनियाँ अधिकारीसँग भेटवार्ता गरेको समाचार दिएको छ ।
उक्त समाचार समितिका अनुसार उत्तर कोरियाली जर्नेलले अमेरिका र उत्तर कोरियाकाबीच हुनलागेको सो शिखर वार्ताको बारेमा चिनीयाँ अधिकारीसँग परामर्श गरेका थिए ।
बुधबार नै अमेरिका जाने
उत्तर कोरियाली अधिकारी किम यसै वार्ताको आवश्यक तयारीका लागि उत्तर कोरियाली नेता किमको विशेषदूतका रुपमा बुधबार अमेरिकाका लागि प्रस्थान गर्ने बताइएको छ ।
प्राप्त समाचारअनुसार उनले यस विषयमा चिनियाँ अधिकारीलाई जानकारी गराएर अमेरिकी अधिकारीसँग भेटवार्ताका लागि अमेरिका प्रस्थान गर्ने छन् ।
अमेरिकामा रहँदा उनले अमेरिकी विदेशमन्त्री माइक पेम्पेओसँग आवश्यक भेट र परामर्श गर्ने छन् । सो कुराको जानकारी अमेरिकाले दिएको छ ।
उता आजै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली अधिकारी चोल अमेरिका आउँदै गरेको बताएका छन् । उनले बुधबार ट्वीट गर्दै उत्तर कोरियाली अधिकारी अमेरिका आउँदै गरेको र उनि बाटोमै रहेको जानकारी दिएका छन् ।