पोखरा न्यूज- २८ भदौ ।
स्याङ्जामा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।
जिल्लाको पुतलीबजार नगरपालिका-७ काफलबुटामा बेसिगाउँबाट तनहुँको दुलेगौडातर्फ जाँदै गरेको ग १ ज ५०५२ नम्बरको जिप दुर्घटना हुँदा चालक सहित जिपमा सवार ६ जना मध्ये ५ जना घाइते भएको प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।
उपरीक्षक भट्टका अनुसार दुर्घटनामा परि घाइते हुनेहरुमा पुतलिबजार नगरपालिका-७ कि १२ वर्षीया रितु केसि, चन्द्र कुमारी गुरुङ, कविता गुरुङ, ४३ बर्षीय हुम बहादुर गुरुङ र ३८ वर्षीया रुपा गुरुङ रहेका छन् ।
घाइते भएका सबै जनाको जिल्ला अस्पताल स्याङ्जामा उपचार भइरहेको प्रहरीले उल्लेख गरेको छ ।
जिप सडकबाट करिब १० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।