चितवन राइनोजको विशाल जीत, धनगढी १२६ रनले पराजित

पोखरा न्यूज १४, कार्तिक ।

एक्स्पर्ट धनगढीलाई १२६ रनले पराजित गर्दै पारस खड्काको चितवन राइनोजले जारी पोखरा प्रिमियर लिगमा आफ्नो पहिलो जीत दर्ता गरेको छ ।

हरिशङ्कर साहको ५३(३३) रनको अर्धशतकीय पारीको मद्दतले टस हार्दै पहिले ब्याटिङमा उत्रेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९३ रनको विशाल स्कोर खडा गर्यो । टिमका लागि अनिल शाहले ३७(३४) तथा सन्नी पटेलले २६ रनको योगदान गरे ।

प्रतिउत्तरमा १९४ रनको विशाल स्कोर पछ्याएको धनगढीको पारी १६.२ ओभरमै धराशयी हुँदै ६७ रनमा अल आउट हुन पुग्यो । धनगढीका पिटर ट्रेगोको २७(२१) रन नै सर्वाधिक बन्न पुग्यो । बलिङ तर्फ चितवनका सन्नी पटेलले ३.२ ओभरमा ८ रन खर्चदै ४ विकेट लिए । आफ्नो अलराउन्ड प्रदर्शनका पटेल नै म्यान अफ दि म्याच पनि भए ।

खेल पछि दुवै टिम अङ्कतालिकामा २-२ अङ्क जोड्न सफल भएका छन् । आजको दोस्रो खेलमा प्रतियोगिताबाट लगभग बाहिरिइसकेको विराटनगरले अङ्कतालिकाको अग्रस्थानको बुटवल ब्लास्टर्सको सामना गर्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button