पोखरा न्यूज – ०८, फागुन ।
पोखरामा ठुलो मात्रामा लागूऔषधसहित ३ जना पक्राउ परेका छन् ।
प्रहरीले पोखरा -१० बुद्धचोकबाट ३ सय ६० थान लागूऔषधसहित पोखरा -१० रामघाटका ३२ बर्षीय विश्वास गुरुङ, रुपन्देही कोटहीमाई – २ भुवरीका २४ बर्षीय चन्द्रकान्त थारु र पोखरा ९ शिवटोल बस्ने २५ बर्षीय आशिष श्रीपालीलाई पक्राउ गरेको जनाएको छ ।
कास्की प्रहरीका अनुसार यहि फागुन २ गते झोलामा लुकाएर हिडेको अबस्थामा लागूऔषध नर्फिन १ सय २० थान, फेनारागन १ सय २० थान र डाइजापाम १ सय २० थान गरी जम्मा ३ सय ६० थान सहित उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरुलाई लागूऔषध मुद्धामा म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।