पोखरा न्यूज – ०४, चैत । स्याङ्जामा सोमबार करेन्ट लागेर एक व्यक्तिको मृत्युको भएको छ ।
स्याङ्जा विरुवा गाँउपालिका-६ स्थित गैरीका ५७ बर्षीय कृष्ण बहादुर थापाको खेत जोत्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
खेत जोत्ने क्रममा जुवा बिजुलीको पोलमा ठोक्किन जाँदा काठको पोल एक्कासी भाचिएर थापालाई करेन्ट लागेको र उनको घटनास्थलमै मृत्यु भएको चार नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।
घटनाको वारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।