बर्तमान सरकार अहिलेसम्मकै बढी भ्रष्टचार गर्ने सरकार : सह-महामन्त्री महत

दीननाथ बराल,पोखरा न्यूज – २६, जेठ । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशसरण महतले बर्तमान सरकार अहिलेससम्मकै बढी भ्रष्टचार गर्ने सरकार भएको आरोप लगाएका छन्। नेपाल प्रेस यूनियन कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सह-महामन्त्री डा.महतले अहिले सम्मकै सबै भन्दा बढी संस्थागत रुपमा सरकारले भ्रष्टचार गरेको आरोप लगाएका हुन् ।

उनले भने “सरकार आफैले भ्रष्टचार गरेको छ,भ्रष्ट सरकारले भ्रष्टचार नभएको अभिव्यक्ति दिनु हास्यास्पद कुरा हो, छानबिन गर्ने संवैधानिक निकायलाई छानबिन गर्न हामी माग गरेका छौं ।” दुई तिहाइको सरकारले वडा तह देखि सर्वत्र रुपमा संस्थागत भ्रष्टचार गरेकोले उनको भनाइ थिया । वाइडवडि लगायतका भ्रष्टचारको बिषयमा महासमितिबाट पारित गरेकोले भ्रष्टचारमा मुछिएका जो कोही नेताहरुलाई कारवाही हुनु पर्ने सहमहामन्त्री डा. महतले माग गरेका छन् ।

उनले भने “प्रायोजित रुपमा सरकारले विपक्षि दलको नेतालाई जग्गामा, वाइडवडीमा सामेल हुनुहुन्छ भन्दै विषायन्तर गर्न खोजे पनि हामीले यसमा उचित छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेका छौं । ” आधारहिन दोष सरकारबाट आफुहरुलाइ लागे पनि उचित छानबिन गरी दोषी उपर कारवाही हुनु पर्ने उनको माग छ ।

संसदमा आएका विभिन्न विधेयकहरुमा व्यक्तिको सम्पत्ति माथिको अधिकारलाई संकुचन पार्ने, व्यत्तिलाई केन्द्र विन्दुरमा राख्ने र संस्थागत संरचनाहरुलाई कमजोर पार्ने काम गरेको डा. महतको भनाइ छ । संवैधानिक निकायहरुलाई कमजोर पार्ने काम अहिलेको सरकारले गरेको उनको बुझाइ थियो । सदन र सडकबाट सरकारको रवैया प्रति आफुहरुले खुलेर बिरोध गर्ने भएको सहमहामन्त्री डा. महतले बताए । सरकारका बदमासिमा हरेक बिषयमा आवाज उठाउने उनले जनाए ।

सरकारका गलत क्रियाकलाप, जनताका आवश्यकता, राष्ट्रिय मुद्धामा सक्रिय रुपमा लाग्ने डा. महतले जनाए । कांग्रेसकाको जागरण अभियान अन्तर्गत जो कसैले आफुलाई राम्रो अरुलाई नराम्रो भन्ने अभिव्यत्ति दिएको भए यसमा पार्टीलाई राम्रो नगर्ने उनले बताए । पार्टी भित्रको गुटवन्दीलाई अन्त्य गर्न पार्टीलाई केन्द्र विन्दुमा राखेर हिड्नु पर्ने डा. महतको बताइछ । पार्टी भन्दा व्यक्तिले आफुहरुलाई केन्द्र विन्दुमा राख्दा पार्टी भित्र अन्तरद्धन्द र गुट भएको उनको बुझाइ थियो ।

सरकारको कारणले गर्दा हाल चुनावी बर्ष भन्दा हाल ५० प्रतिशतले लगानी घटेको उनले जनाए । उनले भने “ दशेमा अझै पनि शान्ति सुरक्षाको प्रत्याभुति हुन सकेको छैन, स्वदेशी तथा विदेशी लगानी जुन रुपमा भित्रिनु पर्ने हो त्यो हुन सकेको छैन्, सरकारको कार्यशैलिले लगानीको वातावरण निर्माण हुन सक्दैन ।” बैंक व्यजदर बृद्धि हुँदा रज्यले यसलाई नियन्त्रण गर्न नसकेको उनको भनाइ थियो । कांग्रेसका भातृ संगठनहरुको निर्धारित समय सकिएसंगै स्वतहः समिति विगठन हुने हुदा ६ महिनामा तदर्थ समिति गठन गरी नयाँ संरचनामा आउन उनले आग्रह गरे ।

कांग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराइले पार्टी भित्रको गुटको अन्त्य विधान मै समेट्नु पर्ने अन्यथा यसको समस्या समाधान नहुने दाबी गरेका छन्। उनले भने “धेरै बर्ष देखिको पार्टीको गुट उपगुटको अन्त्य गर्ने अब एउटै सुत्र हो, विधानमा समेट्ने वडा देखि केन्द्रसम्म जसले जित्छ उसैले पार्टी चलाउने यो परिपार्टीको विकास गर्नु पर्छ, यसलाई लिने र दिनेसंग सम्झौता गर्न तर्फ लाग्यौं भने यसको कहिले पनि गुटको अन्त्य हुदैन्।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button