पोखरा न्यूज – ३०, असार । अविरल वर्षासँगै आएको पहिरोले आइतबार राति तनहुँको म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादीमा एक घर भत्किएको छ ।
स्थानीय गीता श्रेष्ठले सञ्चालन गरेको सागर हाइवे रेष्टुरेण्ट पहिरोले भत्किदा आठ लाख बराबरको क्षति भएको स्थानीयवासी प्रकृति खनालले जानकारी दिइन ।
गीता श्रेष्ठसहित दुई बच्चा घरमा रहेको अवस्थामा पहिरो झर्दा घर भत्किए पनि मानवीय क्षति भने भएको छैन । पहिरो गएको जानकारी पाएलगत्तै श्रेष्ठसहित बच्चाहरु घर बाहिर भाग्न सफल भएका थिए ।
कान्लो खारेर घर बनाएकाले वर्षाले ढिस्को झर्दा घरमा क्षति भएको प्रहरीले जनाएको छ । पहिरोले घर पछाडिको गाह्रो भत्किएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।