पोखरा न्यूज-२७, असोज । दशैं बिदापछि ओरालो लाग्न थालेको सुनको मुल्य सोमबार पनि घटेको छ । शुक्रबार ७० हजार १ सयमा कारोबार भएको सुनको मुल्य आज १ सयले घटेर प्रति तोला ७० हजारमा कारोबार भएको हो ।
तेजाबी सुन प्रति तोला ६९ हजार ७ सय मा कारोबार भएको छ भने चाँदी शुक्रबारको मुल्यमै यथावत् रहदै प्रति तोला ८ सय ४५ रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघ नेपालले जनाएको छ ।
असोज १४ गते घटेर ६९ हजार २ सयसम्म पुगेको सुनको मुल्य त्यसपछि उकालो लाग्दै ७० हजार ९ सय सम्म पुगेको थियो । त्यसयता भने सुनले घट्दो ट्रेन्ड समातेको छ ।
नेपाली बजारमा सुनको मुल्य अन्तर्राष्ट्रिय बजारको मुल्यमा हुने हेरफेरले नै प्रभावित हुने गरेको छ ।