नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

पोखरा न्यूज – २४, पुष ।  नारायणगढ–मुग्लिन सडकखण्ड आज देखि पूर्णरूपमा सञ्चालनमा आएको छ । सवारी साधान रोकेर पहिरो नियन्त्रणको कार्य सकेर पूर्णरूपमा सडक सञ्चालन गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर शिव खनालले जानकारी दिए ।

दिउँसोको समयमा दैनिक चार घण्टा सवारी साधन रोकेर पहिरो नियन्त्रणको काम हुँदै आएको थियो । अब बाँकी रहेका काम अन्य दिनमा केही समय सवारी साधन रोक्दै पूरा गरिने खनालले बताए । उनले भने , “बाँकी रहेका केही सामान्य कामहरु आगामी दिनमा थोरै–थोरै समयको अन्तरालमा सवारी साधनलाई रोक्दै ट्राफिक व्यवस्थापन मिलाउँदै गछौँ ।”

नारायणघाट मुग्लिन सडकमा बाँकी रहेका आठ ठाउँमा पहिरो रोकथामको काम गरिएको हो । गत मङ्सिर २७ गतेदेखि प्रत्येक दिन बिहान ११ः०० देखि दिउँसो ३ः०० बजेसम्म सडकमा सवारी साधनलाई रोकेर काम हुँदै आएको थियो । पहिरो नियन्त्रणका काम लगभग सकिएसँगै आगामी वर्षदेखि मुग्लिङ–नारायणघाट सडकमा वर्षातको समयमा पनि पहिरोको प्रभावले सवारी यातायातमा न्यून मात्र प्रभाव पर्ने सुनिश्चित भएको खनालले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button