काठमाडौँ : श्री एयरलाइन्सले काठमाडौँ–पोखरा उँडान सुरु गरेसँगै हवाई भाडा सस्तीएको छ।
श्री एयरलाइन्सले पोखराबाट काठमाडौं जानको लागि २६ सय रुपैयाँ भाडा तोकेको छ भने काठमाडौँबाट पोखरा जानको लागि भने जम्मा २ हजार रुपैयाँ भाडा तोकेको छ।
काठमाडौँ पोखराको उडानमा यती र बुद्ध एयरलाइन्सको राज छ। सिम्रीकले एयरले उडान भर्ने गरेपनि उसको पोखरा काठमाडौँ उँडान बुद्ध र यतीको जस्तै छैन।
बुद्ध र यतीले पोखराबाट काठमाडौँको भाढा पाँच हजार तोकेका छन्। तर, श्री एयरलाइन्सले आधा सस्तो मूल्य २६ सय तोकेको छ।
श्री एयरलाइन्सले आगामी शुक्रबारबाट व्यवसायिक उँडान भर्ने तयारी गरेको हो। श्रीले सुविधायुक्त ८० सिट क्षमताको जहाजबाट पोखरा उँडान सुरु गर्न लागेको हो।