पोखरा न्यूज – २७ माघ। पोखरा – १३ आर्बामा क्षत विक्षत अवस्थामा एक महिलाको शव फेला परेको छ ।
आर्बा साझा बस्ति नजिकैको जंगलमा सोमबार साझ अन्दाजी ४० बर्षिया महिलाको शव २ टुक्रा पारेर फालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय रामबजारका प्रहरी इन्स्पेक्टर प्रकाश थापाका अनुसार आधा शरीर जमिनमा र आधा शरीर बोरामा राखेर फालिएको अवस्थामा शव फेला परेको हो ।
स्थानीयले सामुदायिक जंगलमा दाउरा काट्ने क्रममा दुर्गन्ध आएपछि झरेर हेर्ने क्रममा शरीरको खुट्टा तर्फको आधा भाग जमिनमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयवासीको खबर पश्चात दुर्घटनास्थलमा पुगेको प्रहरी टोलीले उक्त स्थानको करिब ३५ /४० मिटर तल बोरामा बाधेर फालेको अवस्थामा टाउको तर्फको आधा भाग फेला पारेको इन्स्पेक्टर थापाले पोखरा न्यूजलाई बताए
शवको प्रकृति हेर्दा करिव ४/५ दिन अगाडी घटना घटाएको हुन् सक्ने देखिएको उनले जनाए । शवको पहिचान अझै खुल्न सकेको छैन ।
शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको प्रहरीले जनाएको छ ।