ललितपुरको लेलेमा नग्न अवस्थामा यूवतीको शव फेला

काठमाडौं : ललितपुर जिल्लाको लेलेको जंगलमा नग्न अवस्थामा एक यूवतीको शव भेटिएको प्रहरीले जनाएको छ। त्यो शव कस्को हो भन्ने पहिचान हुन नसकेको ललितपुर प्रहरी स्रोतले जानकारी दियो। प्रहरीको अनुसार अन्दाजी २५ वर्ष हाराहारीको उमेरकी यूवतीको शव भेटिएको हो।

प्रहरीले अनुसन्धानको प्रक्रिया अघि बढाइसकेको जनाएको छ। यूवतीको शरिरका विभिन्न ठाउँमा निलडाम समेत देखिएको बताइएको छ। के कारणले मृत्यु भयो भन्नेबारे केही खुलेको छैन। प्रहरीले यूवतीको शवलाई पोस्टमार्टम गर्ने तयारी गरिरहेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button