काठमाडाैं : नेपाल भ्रमण वर्ष २०२० का सबै कार्यक्रमहरु स्थगित गरिएको छ। आइतबार साँझ बसेको नेपाल सरकारको मन्त्री परिषदको बैठकले भ्रमण वर्षका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो। सरकारले अब भ्रमण वर्ष २०२२ मा मनाउने छ।
चीनबाट सुरु भएको कोरोना भाइरस विश्वभर फैलिएर महामारीको रुप लिन थालेपछि सरकारले नेपाल भ्रमण वर्ष २०२० का सम्पूर्ण कार्यक्रम स्थगित गरेको हो। कोरोना भाइरस विश्वका ४५ भन्दा धेरै मुलुकमा फैलिएसँगै केपी शर्मा ओली नेतृत्वको सरकारले २० लाख पर्यटक ल्याउने गरी थालेको पर्यटन वर्ष २०२० स्थगित गरेको हो।
भ्रमण वर्ष सुरु भएको २ महिनामै स्थगित गरिएको हो। कोरोना भाइरसको सम्भावित जोखिमसँग जुध्न सरकारले विशेष तयारी थाल्ने भएको छ।