पर्यटनका लागी पोखरामा अन्तराष्ट्रिय विमानस्थल अपरिहार्य– थापा

पोखरा, ५ भाद्र 

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दु कुमार थापाले पोखरको विकासका लागी अन्तराष्ट्रिय विमानस्थल अपरिहार्य भएको बताएका छन् । पोखरा नगर होटल रेष्टुरेण्ट तथा बार एशोसियशन (पोखरा सिटि रेवान) को १४ औ साधारणसभाको उद्घाटन गर्दै थापाले पोखराको सबै क्षेत्रको विकासका लागी पर्यटन र पर्यटनका लागी विमानस्थल आवश्यक  भएको बताए ।

थापाले पोखरा सिटि रेवानले आयोजना गर्ने दशै महोत्वसलाई पोखरा उद्योग वाणिज्य संघको तर्फबाट सघाउने बताए । उनले मेला महोत्सवहरुले देश विकास र आर्थिक उन्नतीका लागी सघाउने बताए । साधारण सभामा जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी गोविन्द्र अधिकारीले पोखरा पर्यटकीय शहर भएका कारण समय अनुसार परिमाजीत व्यवसाय गर्दै जानुपर्ने बताए । उनले बन्द हड्तालका कारण व्यवसायमा असर पर्ने बताउदै उनले बन्द हड्ताल विरुद्ध व्यवसायी नै उत्रिनु पर्ने बताए ।

कार्यक्रममा पश्चिमाञ्चल क्याटरीङ्ग तथा पाटिप्यालेस व्यवसायी संघका अध्यक्ष लिला जिसिले एउटै प्रकृतीका व्यवसायीक संगठन धेरै भएको बताउदै सबै मिलेर एउटै संस्था बनाउनु पर्ने बताए । उनले सिटि रेवान, पृथ्वी होटल संघ, पश्चिमाञ्चल क्याटरीङ्ग तथा पाटिप्यालेस व्यवसायी संघलाई मिलाएर एउटै संस्था बनाउन सके व्यवसायीक अधिकार लिन सजिलो हुने बताए । कार्यक्रममा पोखरा सिटि रेवानका संस्थापक अध्यक्ष चिरन्जीवी श्रेष्ठ, पुर्व अध्यक्ष यम बहादुर गुरुङ्ग, पृृथ्वी होटल संघ पोखराका अध्यक्ष रिजन शेरचन, अधिकृत व्यवसायी संघ कास्कीका अध्यक्ष सुरेश अधिकारी, घर भाडा एशोसियसन पोखराका प्रथम उपाध्यक्ष तिलक बहादुर अधिकारी, नयाँ सदस्य मिन राज काफ्ले लगाएतले व्यवसायलाई राम्रो बताएर अगाडी बढाउनु पर्ने बताए ।

पोखरा सिटि रेवानका अध्यक्ष केपी शर्माको अध्यक्षतामा सम्पन्न साधारण सभाको सन्चालन महासचिब दिपक तिमिल्सिना र सचिब जिवन दाहालले सन्चालन गरेका थिए । सिटि रेवानमा ७८ जना सदस्यहरु रहेका छन् । सोही अवसरमा नयाँ सदस्यता लिने ८ जनालाई प्रमाणपत्र अध्यक्ष केपी शर्माले प्रदान गरे । सोही अवसरमा पोखरा सिटि रेवानका पुर्व अध्यक्ष यम बहादुर गुरुङ जिल्ला खेलकुद समिति कास्कीको अध्यक्षमा नियुक्त  भएको सम्मान गरेको थियो । साधारण सभाले पोखरा महासचिब दिपक तिमिल्सिनाले प्रस्तुत गरेको महासचिबको प्रतिबेदन र कोषाध्यक्षले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन पास गरेको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button