पोखरा, २५ मंसीर –
पोखराको रामघाटस्थित टप्स उच्च माविमा बलराम केसीको अध्यक्षतामा भूतपूर्व विद्यार्थी मञ्च गठन गरिएको छ ।
विद्यालयको तेइसौँ वार्षिकोत्सवका अवसरमा आयोजित भूतपूर्व विद्यार्थीहरुको भेलाबाट गठित नौ सदस्यीय तदर्थ समितिको उपाध्यक्षमा सुजन थापा मगर, सचिवमा अभिषेककुमार झा, कोषाध्यक्षमा सन्ध्या श्रेष्ठ र सहसचिवमा सुमन गुरुङलाई चयन गरिएको छ । यस्तै, सदस्यहरुमा डा. सुशील शर्मा सुवेदी, विशाल गुरुङ, विष्णुप्रसाद तिमिल्सिना र राजीव श्रेष्ठ चयन हुनुभएको छ ।
कार्यक्रम अध्यक्ष एवम् विद्यालयका संस्थापक-प्राचार्य रत्नमान गुरुङले विद्यार्थी, अभिभावक र विद्यालयको सम्बन्ध अझ गाढा बनाउने उद्देश्यले औपचारिक रुपमै भूपू विद्यार्थीहरुको संस्था गठनका लागि पहल गरेको बताउनुभयो । २०५० मा स्थापना भएको विद्यालयबाट २०५७ मा पहिलो पटक एसएलसीमा सहभागी भई हालसम्म ७९५ जनाले उत्तीर्ण गरिसकेको जानकारी दिँदै गुरुङले विद्यार्थीको चौतर्फी विकासका लागि हिजोदेखि आजसम्म विद्यालय चिन्तनशील र कार्यरत रहेको बताउनुभयो । उहाँले हाल उच्च मावि तहमा विज्ञान र व्यवस्थापन सङ्कायमा पढाइ सञ्चालन भइरहेको पनि जानकारी दिनुभयो ।
शिक्षक रुपिन्द्र प्रभावीद्वारा सञ्चालित कार्यक्रममा मञ्चका नवनिर्वाचित अध्यक्ष बलराम केसीले विद्यालयको हितका लागि भूपू विद्यार्थीहरुका तर्फबाट सकेसम्म महत्त्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संस्थापिका भक्ति गुरुङले स्वगत गर्नुभएको कार्यक्रममा विद्यालयका सहप्राचार्य शिवकुमार सिंह, सुपरभाइजर, भूतपूर्व विद्यार्थीका तर्फबाट डा. सुशील शर्मालगायतले बोल्नुभएको थियो । यसअघि विद्यालयले आफ्नो वार्षिकोत्सवका अवसरमा सरसफाइ, हाजिरी जवाफ, सांस्कृतिक कार्यक्रममा पनि सम्पन्न गरिसकेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution